काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण देखिएको हो ।
देशभर २ हजार ६२४ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ ।