काठमाण्डौंमा एकैदिन डिशहोमको चारवटा सोरुम उद्घाटन

काठमाडौं । डिशहोम फाइवरनेटले काठमाण्डौंमा एकैदिन चारवटा सोरुम उद्घाटन गरेको छ ।

डिशहोमले बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजमा सोरुम उद्घाटन गरेको हो ।

उक्त ४ सोरुमको उद्घाटन डिश मिडिया नेटवर्कका विक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका थिए ।

एलेक्स इम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि इन्टरप्राइजेजको संचालन आकाश मानन्धरले गर्ने भएका छन ।

डिशहोम डिलरदाइहरुले अब छुट्टै सोरुममार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेटप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगाएत बिक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स