सिद्धार्थ बैंकका ग्राहकलाई कलाक्रस रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वीरगंजको कलाक्रस रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगंज शाखाका शाखा प्रबन्धक बाबु राम न्यौपाने र कलाक्रस रिर्सोटका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कलाक्रस रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स