एनएमबि बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले बिराटनगर, वार्ड नं. ४ स्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । बैंकले ग्राहक र कर्मचारीलाई अस्पतालको उपचार सेवामा छुट उपलब्ध गराउन सम्झौता गरेको हो ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका कर्मचारीलाई विशेष छुट तथा सहुलियत दिने जानकारी दिइने अस्पतालले जनाएको छ ।

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स