राष्ट्र उत्थान लघुवित्तको आईपीओ मा ३८.३० गुणा बढीको आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको (आईपीओ) मा माग भन्दा ३८.३० गुणा बढीको आवेदन परेको छ । आज (आइतबार) आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स