प्रोग्रेशिभ फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को पुन: प्रस्तावित ६.३१५८ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश राष्ट्र बैंकले पुन: स्वीकृत गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजी ८० करोड १ लाख बराबरको ६ प्रतिशतले हुन आउने ४ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.३१५८ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । ६ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ८४ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ ।

यसअघि कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स