आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज साताको पहिलो दिन १.४४ अंकले घटेर २६९३.१० विन्दुमा स्थिर रहेको छ ।

आइतवार २३० कम्पनीहरुको सेयर ५७ हजार ४ पटक कारोबार भएको छ । ७१ लाख २२ हजार २९९ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

नारायणी डेभलपमेण्ट बैंकको सेयर मूल्य सवभन्दा बढी ४.७४ प्रतिशतले घटेको छ । हिजो उक्त बैंककोे प्रति कित्ता सेयर मूल्य ५४६.९० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५२१ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ४.६३ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो इन्स्योरेन्सको प्रति कित्ता सेयर मूल्य ७१२ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६७९ रुपैयाँमा कारोबार भएको छ ।

न्यादी गु्रप पावरको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले घटेकोे छ । सोे पावरको हिजोे प्रति कित्ता सेयर मूल्य ६६६.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६६६ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स