गोल्डस्टार जुत्ता किन्दा गरिमा विकास बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुलाई गोल्डस्टार जुत्ता किन्दा विशेष छुट दिने भएको छ । आइतबार बैंक र गोल्डस्टारबीच यसबारे सम्झौता भएको हो ।

गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई-कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त हुनेछ ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई-कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स