काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् ।
कम्पनीको शुक्रबार (फागुन ६) गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई नियुक्त गरेको हो ।
उनले अब आगामी ४ वर्षसम्मका लागि संस्थामा रहेर उक्त पदको कार्यभार सम्हाल्ने छन् ।