आजदेखि समृद्धि फाइनान्सको हकप्रद बिक्रि खुला

काठमाडौं । समृद्धि फाइनान्सले आज फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउने छन् ।

हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ।

हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स