१७१ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज, चुक्ता पुँजी ३९० अर्ब पुग्यो

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म १ सय ७१ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत पत्र खारेज भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाम्भे गाभिने नीति अनुरुप २ सय २९ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा सामेल भइ ५८ वटा संस्था कायम रहेको शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै जानकारी गराएका हुन् ।

साथै, बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३९० अर्ब ४३ करोड पुगेको छ । राष्ट्र बैंकले हिजो शुक्रबार जारी गरेको मौद्रिक नीतिमा उल्लेख भए बमोजिम बैंक तथा वित्तीय क्षेत्रको गत आर्थिक वर्षमा १०.८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३५२ अर्बमात्रै थियो ।

त्यसरी नै बैंक तथा वित्तीय क्षेत्रले निजी क्षेत्रमा ४० खर्ब ८४ अर्ब कर्जा प्रवाह गरेका छन् । सो कर्जा अघिल्लो आर्थिक वर्षको भन्दा १२ प्रतिशतले बढेर ३२ खर्ब ९ अर्ब पुगेको हो ।

बैंक तथा वित्तीय क्षेत्रको कर्जा बढेसँगै निक्षेप २१.४ प्रतिशतले बढेर ४६ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षमा निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भएको थियो ।

कोभिड महामारी कै बीच बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन तथा कर्जा प्रवाह बढ्दै गएको छ । २०७७ असार मसान्तसम्म ९ हजार ७६५ हरेको बैंक तथा वित्तीय संस्थाको शाखा २०७८ असारमसान्तसम्म बढेर १० हजार ६८३ पुगेको छ ।

उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३ हजार ७२ बाट घटेर २ हजार ८४४ कायम भएको छ । साथै ७५० स्थानीय तहमामात्रै बैंक शाखा पुगेको छ । ७५३ स्थानीय तहमध्ये ३ वटा पालिकामात्रै वाािण्ज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स