काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले एक पछि अर्को विवादास्पद निर्णय गर्न थालेका छन् । मन्त्री भएको केही समय सामाजिक सञ्जालमा सकारात्मक छवि बनाएका आले पछिल्लो समय सामाजिक सञ्जालमा अश्लील बोलेकै कारण विवादित छन ।

जनताको आँखामा परेका सामान्य विषयमा स्टर्न लिने गरेका मन्त्री नियुक्ति, सरुवा, बढुवा र क्यासिनोको लाइसेन्स, निजी क्षेत्रलाई होटल सञ्चालन गर्नदिने देखि पर्यटन मन्त्रालय अन्तर्गतको निकायमा मनलाग्दी निर्णय गरेर उनले लाभ लिइरहेका छन । अहिले मिडियाले कम खेद्ने अवस्था भएको भन्दै मन्त्रालयमा लामो समयदेखि प्रक्रिया नपुगेर रोकिएका काम मौखिक आदेशका भरमा अगाडि बढाएका हुन् ।

बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहालयमा होटलका लागि निर्माण गरेको संरचना भत्काउन लगाएर एकाएक चर्चामा आएका मन्त्री आलेले धेरै निर्णयहरू विवादस्पद गरेका छन् । बतास अर्गनाइजेसनले सम्झौता विपरित संग्राहालयमा भौतिक संरचना निर्माण गरेको भन्दै सो विना प्रक्रिया मौखिक आदेशका भरमा भत्काए ।

आलेले लुम्बिनी विकास कोषमा रिसोर्ट सञ्चालनदेखि कनिष्ठ व्यक्तिलाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्नेसम्मको गैर कानुनी काम गरेका छन् ।

यस अघि केपी ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री हुँदा रुखले कार्बनडाइअक्साइड दिन्छ भनेर हँसी मजाकका पात्र बनेका आले बतास समूहले लिजमा लिएको पशुपति धर्मशालाको समेत सम्झौता नियम विपरित तोडाउन पुगे ।

होटल बन्द गराउनेसम्मको काममा उनी अघि बढे । तर, पछिल्लो समय अदालतले तत्कालको लागि होटल सञ्चालन गर्न दिनु भनेर आदेश जारी गर्यो ।

वर्षैदेखि सरकारलाई बक्यौता नतिर्ने क्यासिनोमा पनि उनले कारबाही अघि बढाउन थालेको नाटक गर्दै आलेले मन्त्री भएपनि ७ वटा क्यासिनोलाई लाइसेन्स दिइसकेका छन् । यसबाट कुस्त लाभ लिएको आरोप उनीमाथि छ ।

उनले वर्षैदेखि सरकारलाई रोयल्टी नतिर्ने सञ्चालनमा रहेको याक एण्ड यति होटलको पाँचतारेको स्तर वर्गीकरण खारेजी र नेपालगञ्जको ड्रिमल्याण्ड पनि बन्द गराए ।

केपी ओलीले आलेलाई वन तथा वातावरण मन्त्रीबाट पदच्यूत गर्नु अघि ओलीका विश्वास पात्र मानिन्थे । माधवकुमार नेपाल नेकपा एमालेबाट छुटेर नेकपा एकीकृत समाजवादी गठन गर्दा आले ओलीको साथ छोडेर नयाँ पार्टीमा जोडिए ।

एमाले फुटाउन आलेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले शेरबहादुर देउवा र माधवकुमार नेपाललाई गोप्य रूपमा भेटेर केही सांसदको समेत व्यवस्थापन गरेका थिए । यसबारे खुलासा भएपछि उनले ती नेतालाई नभेटेको दावी गरिरहे । तर, रातारात पार्टी परिवर्तन गरेर देउवा नेतृत्वको सरकारको मन्त्री बने त्यो पनि बार्गेनिङ गरेर ।

आले डोटीमा वडा सदस्यबाट राजनीतिमा आएका व्यक्ति हुन । २०७० को दोस्रो संविधानसभा र २०७४ को संसदीय निर्वाचनमा डोटीबाट जितेपति उनी राष्ट्रिय राजनीतिमा नयाँ खेलाडी भएर मौका छोप्ने राजनीतिज्ञ बने ।

विगतमा नेपाली काँग्रेसमा रहेका उनी २०५१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई धेरैले अस्थिर स्वभावको नेता भनेर मान्दछन् ।

आले मन्त्री भएपनि एकपछि अर्काे विवादिन गतिविधि सतहमा आएको छ । आलेले गरेका निर्णय अदालतमा मुद्दा पर्नेदेखि सामाजिक सञ्जालमा आलोचित हुनेसम्मका छन् ।

आलेका केही विवादित गतिविधि
आले मन्त्री भएपनि एकपछि अर्काे विवादिन गतिविधि सतहमा आएको छ । आलेले गरेका निर्णय अदालतमा मुद्दा पर्नेदेखि सामाजिक सञ्जालमा आलोचित हुनेसम्मका छन् ।

पर्यटन बोर्ड अस्तव्यस्त
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा नेपाल पर्यटन बोर्डमा डा. धनन्जय रेग्मीलाई सीईओ बनायो । ओली सरकारले नियुक्त गरेका व्यक्तिलाई हटाएर आफ्नो निकट व्यक्तिलाई बोर्डको सीईओ बनाउने योजनामा उनी छन् ।

उनले लण्डनको पर्यटन मेलादेखि तुष साँचेर रेग्मीलाई हटाउन खोजे । रेग्मीलाई सार्वजनिक कार्यक्रममा साढे भनेर गाली समेत गरे । तर उनको आदेशमा रेग्मीलाई हटाउन खोजेपनि प्रक्रिया नपुराएका र अदालतको आदेश समेत लत्याएका कारण आलेलाई उल्टै अदालतको मानहानी लागेको छ ।

त्यसरी नै मन्त्री आलेले यौन दुराचारमा आरोपी युवराज अधिकारीलाई वायुसेवा निगमको अध्यक्षमा नियुक्त गरेका छन । अधिकारीलाई निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप लागेको छ ।

कनिष्ठलाई प्राधिकरणको जिम्मा
नेपाल नागरिक उड्डयन प्राधिकरणमा वरिष्ठ र क्षमतावान कर्मचारीलाई पछि पार्दै विवादित छविका प्रदीप अधिकारलाई प्राधिकरणको महानिर्देशमा नियुक्त गरेका छन् ।

अधिकारी ११ औं तहको कर्मचारी हुन् । प्राधिकरणमा महानिर्देशक योग्य ६ जना १२ औं तहका कर्मचारी छन । अधिकारी माथि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन बनाउँदा आर्थिक अपचलन गरेको आरोप छ ।

सुरज वैद्यलाई लुम्बिनीमा रिसार्ट
आलेले एउटा व्यवसायीलाई पाखा लगाउँदा अर्का व्यवसायीलाई काँखी च्याप्ने काम पनि गरेका छ । बतास अर्गनाइजेसनलाई चेपुवामा पारेका आलेले उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेका छन् ।

चुनाव खर्च उठाउन क्यासिनोलाई लाइसेन्स
कोरोनाका कारण मुलुकभरका क्यासिनो बन्द रहेको समयमा मन्त्री आलेले चुनाव खर्च जुटाउन धमाधम ८ वटा नयाँ क्यासिनोलाई सञ्चालनको अनुमति विभिन्न मितिमा दिइसकेका छन् । क्यासिनोलाई अनुमति दिनुको उनको एउटै मक्सत हो चुवान खर्च जुटाउने ।

कमिसनका लागि जहाज किन्ने तयारी
त्यसरी नै मन्त्री आलेले आफू सत्तामा रहेका बेला टन्न पैसा कमाउन चिनियाँ जहाज उडाउने प्रपन्च रच्दैछन् । कमिसन खानलाई चिनियाँ जहाज उडाउने प्रयास उनले गरेको मन्त्रालय स्रोतले बताएको हो । सो जहाज खरिद गर्नका लागि मन्त्री आलेले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरिरहेका छन् ।

अहिले नेपाल वायुसेवा निगमसँग ५ वटा चिनियाँ जहाज छन् । उनले यी जहाज मर्मत गरेर कमिसन खाने दाउ खोजेका छन । पछिल्लो समय दोहा धन्किएको एक न्यारोबडीको इन्जिन भाडामा लिने क्रममा आलेले कमिसनको लोभमा कम मूल्यको कम्पनी पन्छाएर बढी मूल्यकोलाई दिएको आरोप लागेको छ ।

आले पर्यटन मन्त्री भएपछि गरेका निर्णयका कारण उनी अदालतको मानहानीसहितको घेराबन्दीमा छन् । उनका निर्णय क्षमता प्रश्न उठेको छ भने एक पछि अर्को निर्णय अदालतसम्म पुगेको छ ।

अदालतको घेराबन्दीमा आले
आले पर्यटन मन्त्री भएपछि गरेका निर्णयका कारण उनी अदालतको मानहानीसहितको घेराबन्दीमा छन । उनका निर्णय क्षमता प्रश्न उठेको छ भने एक पछि अर्को निर्णय अदालतसम्म पुगेको छ ।

पर्यटन बोर्डका सीईओ हटाउन खोज्दा अदातलको मानहानी खेप्नुपरेको छ । प्राधिकरणमा महानिर्देशक पनि अदालतको आदेश कुल्चिएका छन । अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै आलेले १५ करोड रुपैयाँ लिए प्राधिकरण महानिर्देशक अधिकारीलाई नियुक्त गरेको आरोप लागेको छ । अधिकारीलाई गरेको नियुक्तिमा पनि अदालतमा मुद्दा विचाराधीन छ ।

बतासको पशुपति धर्मशालाको सम्झौता खारेजीमा पनि उनले पाटन उच्च अदालतको मुद्दा खेपिरहेका छन । याक एण्ड यति होटलको स्तर वर्गीकरण खारेज, खाता रोक्काको विषयमा पनि होटल आले विरुद्ध अदालत जाने तयारीमा जुटिसकेको छ ।

वनमन्त्री हुँदा पनि अक्सिजनको सिलिण्डर विवाद
कोभिड महामारीको दोस्रो लहरमा अक्सिजनको अभाव भयो । अक्सिजन भर्न उद्योगले सिलिण्डर अभाव भनेपछि सरकारको संयोजनमा चीन सरकारले अनुदान अक्सिजनको सिलिण्डर दियो । उक्त सिलिण्डरको ढुवानी भाडा नेपाल सरकारले तिरेर चीनबाट काठमाडौं ल्यायो ।

समानुपातिक रूपमा वितरण गर्ने भनिएको सिलिण्डरमध्ये केही सिलिण्डर वनमन्त्री रहेका आलेले लिए । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा आलेले आफ्नो फोटो सहितको स्टिकर टाँसे र आफ्नो गृह जिल्ला डोटी पठाए ।
कारोना संक्रमणका कारण आम मानिस अक्सिजनको अभावसँग जुझिरहँदा आले भने आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो फोटो टाँसेर अक्सिजनका सिलिन्डर बाँड्ने भनेर उनलाई सामाजिक सञ्जालमा खुब खल्लि उडाइएको थियो ।

मिडियाले उनको फोटो सहितको अक्सिजन सिलिण्डर सार्वजनिक गरेपछि मैले आफ्नै पैसाले सिलिण्डर किनेको हो भन्दै उम्किेने प्रयास गरे ।

वैज्ञानिक वन व्यवस्थापन खारेज
आले एक काठ व्यवसायी पनि हुन् । मन्त्री बन्नु अघि उनलाई सबैले काठ ‘तस्कर’ भनेर चिन्थे । काठको क्षेत्रमा काम गरेका कारण ओली सरकारको पालामा उनको भागमा वन मन्त्रालय परेको थियो ।

उनी वनमन्त्री हुँदा सबैभन्दा लोकप्रिय वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरे । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेर उनले सहज रूपमा काठ ठेकेदारले वनबाट काठ लिन सक्ने व्यवस्था मिलाएका हुन् । यसले राज्यलाई ठूलो क्षति पुगेको जानकार बताउँछन् ।

हेडलाइन्स