मञ्जुश्री फाईनान्सको नयाँ शाखा कंलकीमा

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीमा शाखाको कारोबार शुभारम्भ गरेको छ ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए।

अब थप १ शाखा सहित शाखा संख्या २४ पुगेको छ । २०७८ साल पौष मसान्त सम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरि ११.०२ अर्ब कर्जा परिचालन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स