अब सर्लाहीबाट पनि इ-पासपोर्ट वितरण हुने, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौंबाट पहिलोपटक १५६ सेवाग्राहीको इ-पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार तीन सेवाग्राहीलाई इ-पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।इ-पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ-आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ-पासपोर्ट वितरण उपलब्ध गराइने उनले बताए ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ-पासपोर्ट प्रयोगमा ल्याएको छ । विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ ।

एमआरपीका तुलनामा इ-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स