मन्त्री आलेको निर्देशनमा याक एण्ड यती होटलको खाता रोकियो

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा बन्द गराइएको दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतीको खाता रोक्का भएको छ।

आलेको निर्देशनमा पर्यटन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै होटलको खाता रोक्का गर्न निर्देशन दिएको छ ।
पर्यटन विभागले होटलको बन्द गर्न पत्र लेखेका कारण खाता रोक्का गरिदिएको बैंक स्रोतले जानकारी दिएको छ ।
होटलसँग लिज सम्झौता गरेर क्यासिनो सञ्चालन गरेको कम्पनीले रोयल्टी नतिरेको भनेर यस अघि नै होटल बन्द गराइको थियो । अब होटलको बैंकबाट हुने कारोबार पनि बन्द गराइएको छ ।

होटलको व्यवसायिक कारोबार हिमालयन बैंकमार्फत हुँदै आएको थियो । बैंक खाता रोक्का भएपछि होटका सम्पूर्ण कारोबार प्रभावित हुने भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स