ढुंगेअंडामा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित ढुंगेअंडामा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअंडाको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलंकी–नागढुंगाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताए ।

उनले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिए । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।

शंकास्पद वस्तु भेटिएसँगै नागढुंगा नाका भएर काठमाडौं उपत्यका भित्रिने तथा काठमाडौं बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स