हुण्डीको कारोबार मौलाएपछि रेमिट्यान्स भुक्तानीमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । हुण्डी कारोबारी मौलाएपछि राष्ट्र बैंकले विदेशबाट पठाउने पैसा ‘रेमिट्यान्स’ मा कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले रेमिट्यान्सलाई फर्मल च्यानलबाट भित्र्याउन यसको सीमा क्याप लगाउन लागेको हो । राष्ट्र बैंकले हाल एक लाखका दरले हुँदै आएको रेमिट्यान्सलाई भुक्तानीलाई घटाएर ५० लाखमा झार्न राष्ट्र बैंकले यसमा पुनरावलोकन गर्न लागेको हो ।

रेमिट एजेन्टलाई देशभित्र प्रति कारोबार अधिकतम १ लाख रुपैयाँसम्म भुक्तानी अधिकार छ। हुन्डी मौलाएपछि रेमिट एजेन्टलाई भुक्तानीको सीमा घटाउने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । राष्ट्र बैंकले एक लाखको भुक्तानी सीमालाई ५० हजार रुपैयाँमा झार्ने तयारी गरेको हो।

हाल रेमिटेन्स विदेशमा होल्ड हुने र कामदारको परिवारलाई नेपालस्थित हुन्डी एजेन्टले भुक्तानी गर्ने गरेको पाइएको छ, राष्ट्र बैंंक स्रोतले भन्यो ‘यसका लागि बैंक तथा वित्तीय संस्थाभन्दा रेमिटेन्स एजेन्टहरूको प्रयोग व्यापक भएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स