माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, नायव महाप्रबन्धकमा अर्याल

काठमाडौं। माछापुच्छ्रे बैंकले डेपुटी सीइओमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेलाई बढुवा गरेको छ। नायव महाप्रबन्धकमा बैंकले प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ।

डेपुटी सीइओमा बढुवा भएका थापा र न्यौपाने दुवैसँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव छ। माछापुच्छ्रे बैंकमै लामो समय उच्च व्यवस्थापनमा रहेर कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापाको बहुबैंकिङ व्यवसाय र न्यौपानेसँग संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल रहेको बैंकले जनाएको छ।

त्यस्तै, नायव महाप्रबन्धकमा बढुवा भएका अर्यालले पनि बैंकिङ् क्षेत्रमा करिब दुई दशक बिताइसकेका छन्। अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, शाखा संचालन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको अनुभव अनुभव छ।

बैंकले हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ संचालन गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स