सर्वोच्च अदालत र सरकारको सेटिङ !

काठमाडौं । सर्वोच्च अदालत र सरकारले सेटिङमा निर्णय भएको छ । आज सरकार र सर्वोच्च अदालतको सेटिङमा नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त भएका छन् । सर्वोत्तम सिमेटको सेयर खरिद प्रकरणमा मुछिएसँगै सरकारले तत्कालिन सेबोन अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो ।

निलम्बको विरुद्धमा ढुंगाना सर्वोच्च अदालत पुगेका थिए । तर आज अदालतले ढुंगानाको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायधीश त्रेय मिरा खड्का, आनन्दमोह भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजालसले ढुंगानाको बर्खास्तीको निर्णय रोक्न अन्तरिम आदेश नदिएको हो ।

मंसिर २१ गते सर्वोच्चले ढुंगानाको बर्सास्तीको कारण देखाउन सरकारको नाममा कारण देखाउ आदेश दिएको थियो । त्यसपछि सर्वोच्चको यो फैसला आएको हो ।

अदालतले ढुंगानाको पक्षमा निर्णय नगर्ने अग्रिम सूचना पाइसकेको सरकारले सेबोनमा नयाँ अध्यक्ष नियुक्ती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले सेबोनको नयाँ अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स