काठमाडौं । राष्ट्र उत्थान लघुवित्त संस्थाले निष्काशन गरेको आईपिओमा दोस्रो दिनमा २३ गुणा बढीको आवेदन परेको छ । आज बिहिबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १५ लाख ८४ हजार ९ सय ५९ आवेदकले १ करोड ८६ लाख ८१ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा १३.५१ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्काशित सेयरमा सर्वसाधारणले यही फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।