एलसी मार्जिन रकममा ब्याज उपलब्ध गराउनको नाडाको माग

काठमाडौं । एलसी खोल्दा बैंकमा राखिने मार्जिन रकममा ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । राष्ट्र बैंकलाई सुझाव पत्र पठाउँदै नाडाले यस्तो माग गरेको हो ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्ट्सको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको छ । यस्तो व्यवस्थाले सवारीसाधन लगायत स्पेयर पार्ट्सको आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्ट्सको मूल्य समेत बढ्न गई उपभोक्तालाई असर परेको नाडाले जनाएको छ ।

पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिन व्यवस्था नै कायम गर्न नाडाले सुझाव दिएको छ । यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

साथै निक्षेपको ब्याजदर बढेसँगै बैंङ्क तथा वित्तीय संस्थाहरुले स्वभाविक रुपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुनर्विचारका लागि राष्ट्र बैंकसँग नाडाले अनुरोध गरेको छ । ब्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको नाडाको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स