भन्सार एजेन्टको लिखित परीक्षा केन्द्र तोकियो (सूची सहित)

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ ।

विभागले बिहीबार एक सूचना प्रकाशित गरि परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

विभागले फागुन २८ गते दिउँसो २ बजे हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकेको छ ।

आवेदन दिएका १८ जनाको दोस्रो रोल नम्बरसहितको आवेदन फारम अस्वीकृत गरेर पहिलो रोल नम्बर कायम गरिएको विभागले जनाएको छ । ती परीक्षार्थीलाई पहिलो रोल नम्बर कायम भएको प्रवेशपत्र लिएर परीक्षामा सहभागी हुन विभागले आग्रह गरेको छ ।

कोभिड-१९ संक्रमण भएका उमेदवारहरूका लागि अलग परीक्षा केन्द्र रहने हुँदा परीक्षा सुरु हुने अघिल्लो दिन दिउँसो १ बजेभित्र विभागमा अनिवार्य रूपमा जानकारी दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स