काठमाडौंबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका-१६, नयाँबजार मेडिकल चोक क्षेत्रबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स