फेरि सुनको मूल्यमा भारी वृद्वि, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ हजारले बढेर ९६ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स