बैंक अफ काठमाण्डूले २ वटा लघुवित्त कम्पनीको संस्थापक सेयर लिलाम गर्ने

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयरधनीहरुका लागि कम्पनीको संस्थापक सेयर लिलाम गर्ने भएको छ ।

बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक सेयर र छिमेक लघुवित्तको ६ लाख ६ हजार १ सय ४० कित्ता संस्थापक सेयर लिलाम गर्न लागेको हो ।

बैंकले आरएमडिसी लघुवित्तको सेयरको प्रतिकित्ता न्युनत्तम ,मूल्य ५४० रुपैयाँ कायम गरेको छ भने छिमेक लघुवित्तको सेयरको प्रति कित्ता न्युनतम मूल्य ६०० रुपैयाँ कायम गरेको छ ।

इच्छुक लगानीकर्ताले आवेदन दिंदा न्युनतम २ हजार कित्ताको लागि दिनु पर्नेछ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

यस सेयरमा आज फागुन ५ गतेदेखि चैत्र ९ गतेसम्म आवेदन दिन सकिने छ ।

सेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स