नेपाल पर्यटन बोर्डका पूर्व सीईओ जोशी एपेक्स कलेजको इण्डष्ट्रि एडभाइजरमा नियुक्त

काठमाडौं । एपेक्स कलेजले बीबीए अन्तर्गतको ट्राभल एण्ड टुरिजम कार्यक्रमको इण्डष्ट्रि एडभाइजरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपक राज जोशीलाई बोर्डमा नियुक्त गरेको छ ।

पर्यटन क्षेत्रमा लामो अनुभव र योगदान दिएका जोशीलाई कलेजले आफ्नो उद्योग प्राज्ञिक समन्वयलाई थप सुदृढ पार्न सो पदमा नियुक्त गरेको हो ।

कलेजसँग उनको सहकार्यलाई स्वागत गर्न कर्मचारी तथा संकाय सदस्यहकलेज परिसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल दुर्गा रिजालले ट्राभल एण्ड टुरिजम केन्द्रित विजनेस एडमिनिस्ट्रेसन कार्यक्रमलाई अझ उच्च स्तरमा पुर्याउन जोशीजस्तो क्षमतावान सल्लाहकारको खाँचो रहेको बताए । साथै, जोशी यस पदका लागि सहमत भएकोमा आफुहरु ज्यादै खुसी भएको पनि उनले सो अवसरमा बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स