राष्ट्र उत्थान लघुवित्तको आईपीओमा पहिलो दिन नै सवा ७ लाखभन्दा बढीको आवेदन

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ पहिलो दिननै १७.७२ गुणा बढी परेको छ । आज बुधबार साँझ ६ बजेसम्ममा ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता सेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्याएको कुल ४ लाख ८७ हजार ९०० कित्ता सेयरको १७.७२ गुणा बढी हुन आउँछ । लघुवित्तले आज फागुन ४ गतेदेखि लघुवित्तले जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स