बीमा कम्पनीको ६ महिनामा ९० अर्बको व्यवसाय, कुनको कति?

काठमाडौं । बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासमा करिब ९० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका ४९ वटा बीमा कम्पनीहरुले पुस मसान्तसम्म ९० अर्ब १ करोड २१ लाख रुपैयाा बीमा शुल्क आर्जन गरेका हुन् । जसमा १९ वटा जीवन बीमा कम्पनीले ७० अर्ब ९१ करोड लाख ३९ लाख रुपैयाँ र २० वटा निर्जीवन बीमा कम्पनीले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क र बैदेशिक रोजगार बीमा शुल्क गरी कुल ७० अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । भने निर्जीवन बीमा कम्पनीले

बीमा समितिले उपलब्ध गराएको पुस मसान्तसम्मको विवरण अनुसार सो अवधिमा जीवन बीमा कम्पनीहरुले २० अर्ब ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ५० अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका थिए । जीवन बीमा कम्पनीहरुले १ करोड १० लाख ४१ हजार बीमा लेख बिक्रीबाट उक्त आम्दानी गरेका हुन् ।

चालु आवको पुस मसान्तमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये एउटा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी, ३ वटा कम्पनीले ५ अर्बभन्दब बढी, १४ वटा कम्पनीले १ अर्ब भन्दा बढी र एउटा कम्पनीले मात्र १ अर्ब रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । पहिलो ६ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्कबाट ३ अर्ब ४१ करोड रुपैयाँ र नवीकरण शुल्कबाट १४ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ८ लाख ४९ हजार ४५१ बीमा शुल्क बिक्रीबाट उक्त रकम आर्जन गर्न सफल भएको हो ।

बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीको सूचीमा दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले दोस्रो त्रैमाससम्म ८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।
६ महिनामा ६ अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै नेशनल लाईफ इन्स्यारेन्स तेस्रो स्थानमा छ ।

६ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको राष्ट्रि बीमा संस्था चौथो स्थानमा छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ महिनामा १ अर्बको पनि बीमा शुल्क संकलन गर्न सकेको छैन । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६९ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । इन्स्योरेन्सले २९ हजार बीमा लेख बिक्री गरेको छ ।

निर्जीवन बीमा कम्पनीमा ६ वटाले मात्र १ अर्ब माथिको बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीमध्येमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्यारेन्स रहेको छ । शिखर इन्स्यारेन्सले पहिलो ६ महिनामा २ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ बीमा शुल्कबाट आम्दानी गरेको छ । सो अवधिमा शिखर इन्स्यारेन्सले १ लाख ३१ हजार ६६९ वटा बीमा लेख बिक्री गरेको छ ।

दोस्रो स्थानमा सगरमाथा इन्स्यारेन्स रहेको छ । सगरमाथा इन्स्योरेन्सले दोस्रो त्रेमाससम्म १ लाख ३७ हजार ३८४ वटा बीमा लेख बिक्री गरी १ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

१ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको नेको इन्स्यारेन्स तेस्रो स्थानमा छ । नेको इन्स्यारेन्सले पहिलो ६ महिनामा १ लाख ४७ हजार ३८१ वटा बीमा लेख बिक्री गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स