एनआईसी एशिया बैंकको नाफामा झिनो सुधार, ईपीएस अझ घट्यो

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा ३ अर्ब ९ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ८.२१ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ११ करोड रुपैयाँबाट बढेर १९ करोड रुपैयाँ पुगेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ७७ पैसा घटेर २८ रुपैयाँ ११ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा १९ प्रतिशत बोनस ुेयर वितरण गरी चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा २१.३१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ४२.२५ प्रतिशत र कर्जा ५५.३३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स