बीमाको पहुँच बढ्यो, ६ महिनामै जीवन बीमा कम्पनीको नाफा ७१ अर्ब

काठमाडौं । पछिल्लो समय बीमा गर्नेको विमित बढ्दै गएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म बीमाको पहुँच ३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आवद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको पुस मसान्तसम्म ७३ लाख ७६ हजार ६६० जना नेपाली बीमाको दायरामा थिए । चालु आवको पुस मसान्तसम्म त्यो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ पुगेको तथ्यांकमा उल्लेख छ ।

बीमा पहुँच बढेसँगै जीवन बीमा गर्ने कम्पनीहरूको बीमा शुल्क पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यो अवधिमा जीवन बीमा कम्पनीहरूले ५० अर्ब ३० करोड ४२ लाख रुपैयाँ नवीकरण शुल्क र २० अर्ब ६० करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।

समीक्षा अवधिमा सदाको जस्तै नयाँ र नवीकरण शुल्कमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रपङ्तीमा रहेको छ । नेपाल लाइफले बीमा योजना नवीकरण गरेर १४ अर्ब ९७ करोड लाख रुपैयाँ र ३ अर्ब ४१ करोड २५ लाख रुपैयाँ नयाँ बीमा शुल्क आर्जन गरेको छ । बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ ।

एनआईसी नेपालले समीक्षा अवधिमा १ अर्ब २७ करोड ८० लाख रुपैयाँ नयाँ बीमा शुल्क र ७ अर्ब ११ करोड ४० लाख नवीकरणबाट बीमा शुल्क आर्जन गरेको छ । बढी बीमा शुल्क आर्जन गर्ने तेस्रोमा नम्बरमा नेशनल लाइफ र चौथो नम्बरमा राष्ट्रिय बीमा संस्थान परेकोे छ ।

जीवन बीमा कम्पनीहरूले ६ महिनामा आर्जन गरेको बीमा शुल्क

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/bima-com-data.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स