इमर्जिङ नेपालको आईपीओ भोलि (बुधबार) बाँडफाँट हुने

काठमाडौं । इमर्जिङ नेपालको आईपीओ भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ भोलि दिउँसो ३ः३० बजे बाँडफाँट हुने भएको हो।

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता सेयरको ५३.८७ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाले गोलाप्रथाबाट योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले सेयर पाउने भएका छन् । यस पश्चात् २३ लाख ६४ हजार भन्दा बढीले सेयर नपाउने भएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको थियो।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण सेयर कर्मचारीको लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स