३५ करोडमा बिक्री गर्न लागेको युरेनियम सहित ८ जना पक्राउ

काठमाडौं । बौद्ध स्थित ह्यायत रिजेन्सी होटलमा ठूलो परिणाममा युरेनियम फेला परेको छ । होटलमा पार्किङमा राखिएको कारमा बा ५ च ८२०९ नम्बरको कारमा दुई केजी ८०० ग्राम युरेनियम फेला परेको हो ।

उनीहरुले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उक्त युरेनियम प्रति केजि ३५ करोडमा बिक्री गर्न लागेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त स्थानबाट ८ जना व्यक्ति समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीका भुपेन्द्र खड्का, सिन्धुपाल्चोकको हेलम्बुका रामकृष्ण लामिछाने, ललितपुरका नवराज महत, सिराहाका गोपिलाल दास, जिवछ नारायण यादव, महोत्तरीको सुरेन्द्र प्रसाद चौधरी, भारतको उपेन्द्र कुमार मिश्र र भारतकै राजु ठाकुर रहेका छन् ।

उक्त युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई निजहरुले भारतबाट ल्याईएको पाइएको छ ।

काठमाडौंको बौद्ध इलाकामा केही ब्यक्तिहरुले विभिन्न समूह बनाई युरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री वितरण गर्दैछन् भन्ने सूचनामा प्रहरी प्रधान कार्यालय नक्सालबाट सादा पोशाकमा प्रहरी परिचालन भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स