ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सिरानचोक शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकको ५०औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका थिए ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स