१७९ कम्पनीको सेयर मूल्य बढ्दा पनि आज यी कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज तेश्रो दिन ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा स्थिर रहेको छ ।

मंगलवार २२४ कम्पनीहरुको सेयर ४३ हजार ५१९ पटक कारोबार भएको छ । ६३ लाख ४३ हजार २२८ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ ।

एनआईसी एशिया ब्यालेस्ड फण्डको सेयर मूल्य सवभन्दा बढी ३.१४ प्रतिशतले घटेको छ । हिजो उक्त फण्डकोे प्रति कित्ता सेयर मूल्य ११.१५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १०.८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको सेयर मूल्य १.८६ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फण्डकोे प्रति कित्ता सेयर मूल्य १२.३४ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १२.११ रुपैयाँमा कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सोे संस्थाको हिजोे प्रति कित्ता सेयर मूल्य १,८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,८८४.८० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स