नेप्सेमा सुधारसँगै यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज तेश्रो दिन ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा स्थिर रहेको छ ।

मंगलवार २२४ कम्पनीहरुको सेयर ४३ हजार ५१९ पटक कारोबार भएको छ । ६३ लाख ४३ हजार २२८ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ ।

ङ्यादी हाइड्रोपावरको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त हाइड्रोपावरको प्रति कित्ता सेयर मूल्य ४४५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४८९.५० रुपैयाँमा खरिदबिक्री भएको छ ।

ते्रहथुम पावर कम्पनीको सेयर मूल्य ८.७० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ५५२ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६०० रुपैयाँमा कारोबार भएको छ ।

हिमालयन डिष्ट्रिलरीको सेयर मूल्यमा सवभन्दा कम ०.०७ प्रतिशतले बढेको छ । हिजो सो डिष्ट्रिलरीकोे प्रति कित्ता सेयर मूल्य ४,३३९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४,३४२ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स