नेपाल लाइफले ल्यायो अधिकतम जोखिम वहन गर्ने आईइन्स्योर बीमा योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ल्याएको छ । नेपाल लाइफले नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना ल्याएको हो । कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता भएको हो ।

नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ती अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ ।

आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । बीमाहरूले न्यूनतम एक लाखदेखि अधिकतम एक करोड रुपैयाँसम्मको बीमा गर्न सक्ने छन् ।

३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना खरिद गर्दा मासिक ५ हजार २०६ रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानी गर्दा वार्षिक ५ लाख ८ हजा र ३१० रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ ।

३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा . ७ लाख ३२ हजार १०५ बीमा शुल्क मात्र लाग्ने छ ।

उक्त बीमा योजनामा वार्षिक शुल्क भुक्तानी गर्दा १ प्रतिशत छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी गर्दा ६ थप शुल्क लाग्नेछ ।

बीमाङको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाखसम्मको बीमाङमा छुटको व्यवस्था छैन । २५ लाखभन्दा माथिको बीमाङको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समर्पण तथा कर्जा सुविधा :

वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । उद्यपि यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।

दुर्घटना मृत्यु लाभ सुविधा : (ऐच्छिक)

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ रकम बराबर अधिकतम एक करोडसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

बीमाङ रकम भुक्तानी पाउने अवस्था :

बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दावि भुक्तानी :

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स