धितोपत्र बोर्डको अध्यक्षका लागि अब ३ जनाको प्रतिस्पर्धा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष लागि ३ जनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।

छनौटमा परेका ३ जनाको नाम सिफारिका लागि समितिले मन्त्रिपरिषदमा पेश गर्नेछ ।

मन्त्रिपरिषद्ले सिफारिसमा पर्ने यी ३ जनामध्ये एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको जसबाट समितिले ५ जनाको नाम सटलिस्ट गरी अन्तर्वाताका लागि बोलाएको थियो । अन्तर्वातमा बोलाएकामध्ये निरज गिरि र खगेन्द्र कटुवाल अन्तिम ३ मा अटाउन सकेनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स