महालक्ष्मी लाईफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । महालक्ष्मी लाईफले प्रिमियम नजोडि आईपीओ जारी गर्न लागेको हो ।पछिल्लो पटक सञ्चालनमा आएका बीमा कम्पनीहरु प्रिमियम थप गरी आइपीओ जारी गर्ने तयारीमा हुँदा महालक्ष्मीले भने प्रतिकित्ता १ सय रुपैयाँ मै आइपीओ बिक्री गर्न लागेको हो ।

बीमा समितिको अनुमति लिएर हाल रिलायवन लाईफ, सिटिजन लाइफ र सनलाइफ प्रिमियम जोडेर आइपीओ जारी गर्न पाउँ भन्दै धितोपत्र बोर्डमा स्वीकृतको पाइपलाइनमा छन् ।

यी कम्पनीलाई बोर्डले प्रिमियम जोडेर आइपीओ जारी गर्न पाउने स्वीकृत दिएमा प्रतिकित्ता आइपीओ २ यस रुपैयाँ भन्दा बढी पर्न जान्छ । महालक्ष्मीले भने प्रिमियमलाई अहिले पथमिकतामा नराखी प्रतिकित्ता १ सय रुपैयाँमै आइपीओ जारी गर्न बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन गर्न सानिमा क्यापिटलसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा सानिमा क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स