धौलागिरी लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि ३ लाख कित्ता आईपीओ जारी गर्न लागैको हो ।

यसका लागि कम्पनीले प्रक्रिया अघि बढाएको छ ।

हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भए पश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरू तर्फ कुल १० करोड ३८ लाख रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा दुई करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मसान्तमा प्रतिसेयर आम्दानी ५०.१२ भन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१.४५ प्रतिसेयर आम्दानी कमाउन सफल भएको संस्थाले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स