नेप्से स्थिर, ३ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्थिर देखिएको छ । आईतबार सतकीय अंकले घटेको नेप्से कारोबार साताको दोस्रो दिन ०.०८ अंकले बढेको हो । नेप्से स्थिर देखिँदा पनि क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३६ अंकले घटेको छ । सोमबार सेन्सेटिभ इन्डेक्स ५११.३० विन्दुमा रहेको छ ।

आज २२७ कम्पनीको सेयर ४९ हजार ८८२ पटक कारोबार भएको छ । ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूह घटेका छन् भने बाँकी ८ उपसमूह बढेका छन् ।

बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ८.१३ प्रतिशत बढेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स