काठमाडौं उपत्यका खानेपानीको बिल अब ‘खल्ती’ बाट तिर्न सकिने

काठमाडौं । ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट तिर्न सकिने भएको छ ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ।

त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ।

त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।

खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।

२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि ६० हजार भन्दाबढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स