सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक । जिल्लामा ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई-पासपोर्ट वितरण सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई-पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन संकलन गरिएको थियो ।

२८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई-पासपोर्ट वितरणको क्रममा रहेको छ ।

आवेदन दिएको १५ दिनभित्र ई-पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स