काठमाडौं । १८ वर्ष पूरा भएका व्यक्तिले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ५ फागुनदेखि दल दर्ता सुरु गर्ने भएको छ ।
आयोगले दल दर्ताको लागि १५ फागुनसम्मको समय दिने तयारी गरेको छ ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने निर्णय भईसकेको छ ।