छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । छ्याङदी हाइड्रोपावरले निष्काशन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (फागुन २) गते अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ ११ गतेदेखि १० बराबर ३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

छ्याङदीले कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो।

कम्पनीले फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले निष्काशन चरणमा रहेको यो ३० प्रतिशत हकप्रद सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय को ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ। दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड १७ लाख पुग्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स