सिआइबीद्वारा क्रिप्टोकरेन्सी जस्ता गैरकानुनी कारोबार गर्ने व्यक्तिहरुको बारेमा जानकार गराउन अनुरोध

काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ बारे जानकार रहन आग्रह गरेको छ । व्युरोले क्रिप्टो जस्तो गैरकानुनी कारोबार गर्ने व्यक्तिहरुको बारेमा जानकारी गराई सहयोग गर्न पनि अनुरोध गरेको छ ।

व्युरोले क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिबन्धित भएकोले र विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारवाही समेत भईसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा कारोबार नगर्न नगराउन हुन अनुरोध गरेको हो।

साथै, यस्ता गैर कानूनी कृयाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए यस कार्यालयलाई सूचना उपलब्ध गराई सहयोग गरि दिनु हुन समेत अनुरोध गरेको छ ।

विद्यमान कानूनी व्यवस्था (नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६) अनुसार कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स