ब्याजदर करिडोर पुनः कार्यान्वयनमा ल्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनःकार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सीमा परिवर्तन गरेर सो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

तरलतालाई स्थिरता राख्नको लागि ब्याजदर करिडोरको व्यवस्था भएपनि पछि सरकारी ऋणपत्रमा बढी ब्याजदर भएको भन्दै तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले यसलाई हटाउन लगाएका थिए ।

ब्याजदर करिडोरको लागि यसअघि १ प्रतिशत रहेको न्यूनतम दरलाई २ प्रतिशत र ३ प्रतिशतलाई साढे ३ प्रतिशत पुर्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स