बैंकहरुले ब्याज बढाउँदा सेयर बजारमा सतकीय गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ठूलो पहिलो गएको छ । आइतबार नेप्से एक सय अंकभन्दा माथिले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि बढाएर ब्याजदर सार्वजनिक गर्दा त्यसको असर नेप्से परिसुचकमा देखिएको छ ।

आज नेप्से १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा पुगेको छ । आज नेप्से ३.६१ प्रतिशतले घटेको हो ।
आज २२७ कम्पनीको सेयर ८१ हजार ८३७ पटक कारोबार भएको छ । १ करोड १६ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ करोबार भएको छ ।

आज सबै उपसमूहहरु राता भएका छन् । आज लाइफ इन्स्योरेन्स उपसमूह ६०४.८८ अंकले घटेको छ ।
अप्पर तामाकोशी र नारायणी विकास बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स