कर्जा वितरणमा एनआईसी एशिया बैंक पहिलो, अन्य बैंकले कति गरे कर्जा लगानी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले ४१ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । सोही अवधिमा बैंकहरुले ४३ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

चालु आवको पहिलो ६ महिनामा ४ वटा वाणिज्य बैंकहरुले २ खर्बभन्दा बढी निक्षेप संकलन र कर्जा प्रवाह गरेका छन् । १९ बैंकले ए खर्बभन्दा बढी निक्षेप संकलन र कर्जा विस्तार गरेका छन् भने ४ वटा बैंकले एक खर्बभन्दा कम निक्षेप संकलन र कर्जा विस्तार गरेका छन् ।

बैंकहरु लगानी योग्य पुँजी तरलताको अभावसँग जुधिराख्दा पनि एनआईसी एशिया बैंक कर्जा र निक्षेप संकलनमा आक्रमक नै देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्म एनआईसी एशिया बैंकले २ खर्ब ९९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७३ अर्ब ४५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

ग्लोबल आईएमई बैंकले चालुु आवको पहिलो ६ महिनासम्म २ खर्ब ७१ अर्ब २ करोड कर्जा विस्तार गरेको छ । सोही अवधिमा बैंकले २ खर्ब ८० अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

२ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको नबिल बैंकले २ खर्ब २१ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ ।
सरकारी स्वाभित्वको राष्ट्रिय वाणिज्य बैंक निक्षेप संकलनको आधारमा तेस्रो स्थानमा र कर्जा विस्तारमा चौथो स्थानमा छ । पुसमसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब १३ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/KFI_Poush-End-2078_A-Class-Commercial-Banks1-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स