एलआईसीको नाफा साढे ३३ प्रतिशतले घट्यो

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को खुद नाफा ३३.५१ प्रतिशतले घटेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा इन्स्यारेन्सको खुद नाफा १ अर्ब १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा थियो ।

गत आवको तुलनामा चालु आवको इन्स्योरेन्सको नाफा ३८ करोड ७६ लाख रुपैयाँले घटेको हो ।

इन्स्योरेन्सले जीवन बीमा कोष १६.४९ प्रतिशतले वृद्धि भई ८६ अर्ब ४९ करोड ११ लाख १३ हजार २१५ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको ६ महिनामा जगेडा कोष ९४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले जगेडा कोषमा एक अर्ब २३ करोड ५० लाख ४० हजार ८५७ रुपैयाँ संचिती गरेको छ ।

एलआईसी नेपालको समग्र कोषमा ८८ अर्ब आठ करोड ८१ लाख ८८ हजार ७९५ रुपैयाँ संचिती गरेको छ । गत आवको समीक्षा अवधीमा कम्पनीको समग्र कोषको आकार १७ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा सामान्य बृद्धि हो । गत आवमा कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी १६.४५ प्रतिशतले बृद्धि भएको छ । गत आवमा चार अर्ब ५२ करोड रुपैयाँ तिरेको कम्पनीले चालु आवमा पाँच अर्ब २६ करोड ८३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले लगानी, कर्जा, बीमालेख धितो कर्जा तथा अन्य आयबापतको आम्दानी १४ प्रतिशतले बृद्धि भएको छ । तीनै प्रकारको आम्दानी चार अर्ब ११ करोड ७९ लाख ३१ हजार २१० रुपैयाँ रहेको छ ।

कम्पनीको व्यवस्थापन खर्च घटेको छ । गत आवमा ३८ करोड ५७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको छ महिनामा १४.३५ प्रतिशत घटी अर्थात ३३ करोड चार लाख ११ हजार ७०० रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्ताहरुलाई कमिशन बापत ९१ करोड ९६ लाख ४६ हजार ५१३ रुपैयाँ वितरण गरेको छ । यो गत आवको तुलनामा ९ प्रतिशतले घटी हो । गत आवमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब एक करोड रुपैयाँ कमिशन बापत वितरण गरेको थियो ।
एलआईसी नेपालका प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५८.३३ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ मूल्य १८०.६८ रुपैयाँ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६७.६५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स