नेशनल लाइफ इन्स्योरेन्सको ६ महिनाको व्यवसाय पौन ७ अर्ब

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले खुद बीमा शुल्क आम्दानी २४ प्रतिशतले बढाएको हो । गत आवमा जम्मा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेका थिए ।

नेशनल लाइफ इन्स्योरेन्सले करिब आधा खर्बको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीले ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार ७१७ रुपैयाँ जीवन बीमा कोष बनाएको हो । कम्पनीले जगेडा कोष १ अर्ब १ करोड रुपैयाँको खडा गरेको छ भने महाविपत्ति कोष सहित कुल कोषको आकार ४८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद दावी भुक्तानी ५५.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा एक अर्ब ६४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेकोमा चालु आवको छ महिनाको अवधीमा दुई अर्ब ५६ करोड ८७ लाख ४१२ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले बीमालेख धितो, लगानी, कर्जा अन्यबाट प्राप्त आम्दानी १७ प्रतिशतले वृद्धि गरेकोे छ । गत आवमा एक अर्ब ८७ करोड २४ लाख १० हजार २७५ रुपैयाँ आम्दानी गरेकोमा चालु आवको छ महिना अवधिमा २ अर्ब १९ करोड ४५ लाख २ हजार ४३३ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

यो अवधिमा कम्पनीले अभिकर्तालाई ७५ करोड ४१ लाख ३८ हजार ४९५ रुपैयाँ कमिशन वापत वितरण गरेको छ । गत आवको तुलनामा २३ प्रतिशतले बढी हो । कम्पनीको खुद नाफा १४ करोड ४१ लाख ८६ हजार २७ रुपैयाँ छ । मुनाफा गत आवको तुलनामा ३९ प्रतिशतले घटेको छ । यद्यपि जीवन बीमा कम्पनीहरूको मुनाफा बीमांकीय मूल्यांकनको क्रममा हेरफेर छ ।

कम्पनीले समीक्षा अवधीमा बीमा पोलिसी संख्या पनि २० प्रतिशतले वृद्धि गरी १० लाख ८२ हजार ४७६ पुर्याउन सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३९.०६ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६२३.१९ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स